वैशाख भर विद्यालय बन्द गर्ने सरकारकाे निर्णय

0
157

काठमाडौं । सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी समेत भएको छ । त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको सहरी विकासमन्त्री साहले बताउनुभयो ।

त्यसैगरि, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालालगायत भिडभाड हुने क्षेत्रहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय समेत गरेको छ । रगंशालाको हकमा दर्शकरहित खेल गतिविधि सञ्चालन गर्न पाइनेछ ।

बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो । जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने जनाइएको छ । तर वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सञ्चालन हुनेछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here