झापामा नेपाल पूँजीबजार लगानीकर्ता संघ गठन अध्यक्षमा कृष्ण कार्की 

0
563

दमक,२७ चैत्र / नेपाल पूँजीबजार लगानीकर्ता संघ झापाको नेतृत्वमा कृष्ण कार्की चयन भएका छन् ।

झापाको दमकमा भएको एक दिने सेयर सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । नेपाल पूँजीबजार लगानीकर्ता संघ प्रदेश एकको आयोजना तथा दमक जेसीजको सहयोगमा भएको तालिमलाई नेपाल पूँजीबजार लगानीकर्ता संघ प्रदेश एकका संयोजक सुबास चन्द्र भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा शेयर कारोबार गर्दा ध्यान दिनु पर्ने आधारभूत कुराहरू बारेमा जानकारी गराइएको थियो। तालिममा ५० बढी नयाँ लगानी कर्ताको उपस्थीत रहेको थियो ।

तालिममा नेपाल पूँजीबजार लगानीकर्ता संघकी केन्द्रिय अध्यक्ष राधा पोख्रेल संग प्रशिक्षार्थीहरुले अन्तर्क्रिया गरेका थिए ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलिको प्रमुख आतिथ्य तथा नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलको अध्यक्षतामा नेपाल पूँजीबजार लगानीकर्ता संघ झापा जिल्ला कार्यसमतिको गठन समेत गरिएको छ ।

नव गठित संघको अध्यक्षमा कृष्ण कार्की, उपाध्यक्षमा दिपेश प्रशाई, महासचिवमा रमेश लुइटेल, कोषाध्यक्षमा हेमराज घिमिरे,सचिबमा राहुल साह र सदस्यहरुमा निरज आचार्य,दुर्गा प्रशाई,सरिता कटुवाल,अम्बर ब. चौहान,सन्तोष राई, चुडामणि खतिवडा, नेत्र प्रसाद लुइटेल , विवेक नेपाल चयन भएका छन् ।

कार्य समिति घोषणा सभामा दमक उद्योग बाणिज्यसंघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, दमक बैंकर्स संघका अध्यक्ष राजन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here