सपिङ कम्प्लेक्स बनाउन सुकुम्बासी बस्तीमा डोजर

0
710

दमक,चैत २७/  दमक नगरपालिकाले झण्डै २ दर्जन घर सुकुम्बासीलाई डोजर लगाएर हटाइएको छ । सुकुम्बासी बस्तीमा बस्ने परिवारलाई पटक पटक सूचना दिँदा समेत अटेर गरेको भन्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी घर भत्काएर हटाइको हो ।

फाेटाे ः रेमन प्रसाइ

पटक पटक घर हटाउन खोज्दासमेत नसकेकाले प्रदेशबाट समेत प्रहरी झिकाएर नगरपालिकाले डोजर चलाएको बताइएको छ । नगरपालिकाले संरचना हटाउन सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी गरी डेढ सयभन्दा प्रहरी परिचालन गरेको थियो ।

बस्तीमा बसोवास गर्ने परिवारले राज्यले आफूहरुमाथि ठूलो अन्याय गरेको बताएका छन् । बर्षौं देखि बसोवास गर्दै आएको जमिनमा सरकारले बास बसाउनुको सट्टा उठिबास लगाएको उनिहरुले बताएका छन् । दमकको वडा नं. ७ बजार क्षेत्रमा पर्ने सुनचाँदी लाइन र पुरानो पूर्वपश्चिम राजमार्ग लाइनका २० घर परिवार विस्थापित भएका छन् । केही नहुनेलाई यस अघि व्यवस्थापन गरेको र आज हटाइएकाहरु बाहिर घरबास भएकोले भत्काइको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको भनाइ छ ।

तर सुनचाँदी लाईनको उक्त जग्गा आफ्नाे नाममा भएर पनि राज्यले भने जर्वजस्ती गरेको स्थानिय पदम माझीले बताउनु भएको छ । माझीले आफ्नो नाममा भएको झण्डै साढे १० कठ्ठा जमिन सरकारले हडपेर आफूलाई जबरजस्ती सुकुम्बासी बनाएको दावी गरेका छन् ।

उता सुकुम्बासीहरुको घरटहरा वलपूर्वक जर्वजस्ती भत्काईएको भन्दै नेकपा माओवादी केन्द्र दमकले आपत्ति जनाएको छ । लामोसमयदेखि बस्दै आएका सुकुम्बासी परिवारलाई बिकल्प नदिई नगरपालिकाले प्रहरीको सहयोगमा बलपूर्वक लखेटन थालेको भन्दै माओवादी केन्द्रले त्यस कार्य प्रति आपत्ति जनाएको हो । माओवादी दमक नगर कमिटीका सहइन्चार्ज वेदु गौतम र सचिव तिर्थराज बस्नेतले आज संयुक्त विज्ञप्ति जारी विना सहमति जर्वजस्ती गरिव, मजदुर भुमिहीन सुकुम्बासीलाई बलपूर्वक उठिबाँस लगाउने कार्य त्तत्काल रोक्न माग गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टी नेपालले पनि स्थानीय सरकारले बर्षोदेखि ती दुईवटा स्थानमा ठुलो संख्यामा बस्दैआएका सुकुम्बासीहरुलाई प्रशासनको आडमा बलपूर्वक लखेटने कार्य गरेको भन्दै उक्त कार्य वन्द गर्न माग गरेको छ ।

तर नगरपालिकाले  दमकका बिभिन्न् वडामा विपन्नका लागि घर नै बनाएर बितरण  गर्दै अाएकाे छ । यस अघि दमक १ मा नमुना बस्ति, दमक ३ र दमक ७ मा समेत घरनै बनाएर  बिपन्न तथा सुकुम्बासी लाइ  बितरण समेत गरीरहेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here