एड्भान्स हस्पिटलको सहयोगमा दमकको एलाइड बोर्डिङमा स्वास्थ्य शिविरशिविर

0
292

दमक  । झापाको दमक-८ जित एलाइड अंग्रेजी बोर्डिङ स्वालले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। विद्यालयको प्रोङ्गणमा भएको सो शिविरमा करिव ३ सय जनाको स्वास्थ्य जाँच गरिएको छ।

दमक-६ रिथित एड्भान्स हस्पिटलको प्राविधिक सहयोग भएको सो शिविरमा दाँत, हाडजोर्नी, स्त्री रोग, बालरोग र सामान्य स्वास्थ्य समस्याको जाँच गरिएको थियो

शिविरमा विरामीहरूलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी रहेका थिए भने अन्य अतिथिहरूमा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, एड्भान्स हस्पिटलका संचालक समितिका सदस्यद्वय डा केपीसुवेदी र चैतन्य बराल लगायत रहेका थिए ।


विद्यालयका प्रधानाध्यापक मित्र खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थापक संघका अध्यक्ष लक्ष्मण खत्री दाहालले र कार्यक्रमको संचालन सञ्चालक सदस्य चन्द्र खत्री गरेका थिए । विद्यार्थी, अभिभावक र संचालक स्थानीयवासीलाई सेवा दिन उद्येश्यले शिविरको आयोजना गरिएको जनाईको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here