प्रथम दमक अन्तर वस्तुगत ब्याडमिन्टन प्रतियोगिता हुने

0
637

दमक, १८ चैत / दमक उद्योग वाणिज्य संघको आयोजनामा प्रथम दमक अन्तर वस्तुगत ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

संघको मातहतमा रहेका १० वस्तुगत संघ बीच हुने प्रतियोगिता चैत २० गते शुक्रबार दमक ब्याडमिन्टन खेलबिकाश समितिको कबड हल नयाँ सब्जी बजारमा हुने भएको हो ।

संघमा आबद्ध रहेका अन्तर वस्तुगत संघका सदस्यबीच भाइचारा सम्बन्ध बढाउँदै व्यवसायीलाई स्वास्थ्य सँगै खेल संघ जोड्न  एक दिवशिय ब्याडमिन्टन खेलको आयोजना गरिएको संघका खेलकुद तथा स्वास्थ्य उपसमितिका संयोजक तोयानाथ अधिकारी ( राजेश ) ले जानकारी दिए ।

प्रतियगितामा भाग लिन  एक वस्तुगत संघले बढीमा ३ टीम दर्ता गराउन पाउने छन् । संघमा आबद्ध रहेका फर्म सञ्चालक आफै आफ्नो वस्तुगत संघ रिन्यु भएको खण्डमा मात्र खेलमा सहभागी हुन पाउने वाणिज्य संघले जनाएको छ ।

 प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद १२ हजार, ८ हजार  र ४ हजार सहित पुस्कार प्रदान गरिने छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here