राप्रपा दमकको नगर अधिवेशन सुरू

0
306

दमक/राष्ट्रिय प्रजातन्त्र पार्टी दमकको नगर अधिवेशन आज (शनिबार) उदघाटन भएको छ । दमक ७ स्थित पौडेल वंशोद्धार केन्द्रिय समितिको भवनमा राप्रपाका १ नम्बर प्रदेश समिति अध्यक्ष राम थापा र दमक नगरका पूर्व प्रधानपञ्च धनबहादुर श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरेका छन ।

पार्टीका दमक नगर अध्यक्ष भिमप्रसाद पौडेलको अध्यक्षतामा शुरु भएको उदघाटन कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य राजेश गिरीको विशेष आतिथ्य रहेको छ । कार्यक्रममा केन्द्रिय कार्य सम्पादन समिति सदस्यहरु बासुदेव भट्टराई, लक्ष्मी प्रसाद संग्रौला, जय बहादुर श्रेष्ठ लगायतका नेताहरुको उपस्थितिमा शुरु भएको अधिवेशनको उदघाटन सत्रमा पार्टी स्थापना कालदेखि हाल सम्म निरन्तर पार्टीमा रहेर योगदान पुरयाउने करिब ७० जनालाई सम्मान समेत गरिएको छ ।

पार्टीका निष्ठावान कतिपय पुराना अग्रज कार्यकर्ताहरु शारिरिक असक्तताका कारण उपस्थित हुन नसकेको जनाइएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन समेत गर्नेछ । अधिवेशनमा निर्वाचन प्रकृया अघि बढाउन कुमार भण्डारीको संयोजकत्वमा विधान बमोजिम निर्वाचन समिति तोकिएको नगर सचिव अर्जुन रेग्मीले जानकारी दिए ।

राप्रपा नगर अध्यक्ष पौडेलले पार्टीको केन्द्रिय सर्कुलर अनुसार यतिबेला सबै गाउँ नगरमा धमाधम अधिवेशन भइरहेको बताए । यस अघि दमक नगरका १० वटै वडामा वडा अधिवेशन सम्पन्न गरेरे नयाँ नेतृत्व चयन गरिएको थियो ।

दमकमा राप्रपाको संगठनात्मक गतिबिधिलाई महत्वसाथ हेर्ने गरिन्छ । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दोश्रो शक्तिका रुपमा स्थापित भएको राप्रपालाई स्थानीय राजनीतिमा निक्कै महत्वसाथ हेर्ने गरिन्छ । राष्ट्रिय राजनीतिमा कमजोर मानिएको राप्रपा दमकमा भने निक्कै शक्तिशाली पार्टीका रुपमा हेरिन्छ ।

राप्रपाले यस अघिको स्थानीय तहको निर्वाचनमा दमकका २ वडाध्यक्ष र एक वडा सदस्य जितेको थियो । राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्षी रहेको कांग्रेस र त्यसपछिको शक्तिका रुपमा स्थापित भएको नेकपा माओवादी केन्द्रलाई समेत स्थानीय राजनीतिमा पछि पारेको राप्रपा आगामी निर्वाचनमा कुन रणनीतिका साथ अघि बढने हो ? भनेर दमकमा निक्कै चासो र महत्वसाथ हेरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here