पार्टीमै बसेर संघर्ष गर्छाै

0
415

काठमाडौं, चैत १३ । यसैबीच नेकपा एमालेको खनाल-नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ ।

पार्टीले सोधेको स्पष्टीकरण बुझाएको भोलिपल्ट आफू निकट केन्द्रीय सदस्यहरुसँगको छलफलमा वरिष्ठ नेता नेपालले पार्टीमै रहेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने बताउनुभएको हो ।

पार्टीले स्पष्टीकरण सोधेपछि एमाले विभाजित हुने आशंका गरिरहेका बेला सो समूहले पार्टीमै रहेर संघर्ष गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

यस्तै पार्टीको संसदीय दलको बैठकमा सांसदहरु सहभागी हुने पनि सो समूहले निर्णय गरेको छ । दलको बैठकमा खनाल र नेपाल भने नजाने बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here