प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री थपिए

0
417

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । शुक्रबार दिउँसो संकटमा आफ्नो पक्षलाई साथ दिएकाहरूलाई समेटेर राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री राईले टंक आङबोहाङ, उषाकला राई, राम राना, अम्बिरबाबु गुरुङ, कला घले र राजकुमार ओझालाई मन्त्री र राज्यमन्त्ती बनाउनुभएको हो । आङबोहाङलाई आर्थिक मामिला तथा योजना, राईलाई सामाजिक विकास, रानालाई भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै, गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, घलेलाई कृषि राज्यमन्त्री र ओझालाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सपथ गराइसक्नुभएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here