गहना किन्दा स्कुटी उपहार

0
365

दमक /  झापाको दमकका स्थापित युवा व्यवसायी चन्द्र गजमेर र रेनुका थापा ( गजमेर)ले  ( बिहिबार) देखि शुभकामना ज्वेलर्स सञ्चालनमा ल्याएका छन । दमक ६ स्थित साविक मामा चोक नजिकै शुभकामना बचत तथा ऋण सहकारी संस्थाको भवनमा सञ्चालन गरिएको सो ज्वेलर्सको एक समारोहका बीच उदघाटन गरिएको छ ।

ज्वेलर्सको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्य र संविधान सभा सदस्य विश्वदिप लिङदेन र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सदस्य पशुपति बरालको विशेष आतिथ्यमा उदघाटन गरिएको छ । उदघाटन कार्यक्रमका वक्ताहरुले सुनचाँदीको व्यवसायीप्रति सरकार र समुदायको दृष्टिकोणमा परिवर्तन आउनु पर्नेमा जोड दिए ।

सो उदघाटनको दिनदेखि एक बर्ष अर्थात आगामी २०७८ फागुन २७ गते सम्म २५ हजार मुल्य भन्दा माथिका गरगहना खरिद गर्ने ग्राहकलाई समावेश गर्ने गरी शुभकामना भाग्यशाली उपहार समेत राखिएको छ ।

संघका अध्यक्ष श्रेष्ठले सुनको आयातमा सरकारले व्यवसायीहरुलाई समेत अधिकार दिनु पर्ने बताए । सुनको बजारमा बैंकहरुको एकाधिकार तोडनु आवश्यक रहेको व्यवसायीहरुको जोड छ । उदघाटनका अवसरमा संविधान सभा सदस्य विश्वदिप लिङदेन, दमकका शैक्षिक व्यक्तित्व तथा चुलाचुली अंग्रेजी माविका संस्थापक निर्देशक मनोज कुमार राई, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य कुमार निरौला, प्रदेश सहसचिव भेषराज धमला, नेपाल रत्न आभुषण महासंघका केन्द्रिय सदस्य बिमल धमला, सुनचाँदी व्यवसायी संघ दमकका अध्यक्ष शेरबहादुर गजमेर, पूर्व अध्यक्ष ऋषिधन गजमेर लगायतले शुभकामना मन्तव्य राखेका थिए भने दुर्योधन ल्वागुनले स्वागत मन्तव्य राखेका थिए ।

ज्येष्ठ नागरिकलाई २५ हजार प्रदान

 

शुभकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका ज्वेलर्सका प्रोप्राइटर गजमेरको परिवारले आमा स्वर्गीय बुद्धमाया गजमेरको स्मृतिमा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अक्षयकोषमा नगद २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन । सो रकम बराबरको चेक कोषका संरक्षक रुद्र घिमिरेलाई हस्तान्तरण गरिएको छ । गजमेरले सो कोषमा आगामी दिनमा समेत आफनो कमाईको निश्चित प्रतिशत बर्षेनी प्रदान गर्दै जाने प्रतिबद्धता जनाए । उनले धनकुटामा आफनो पुख्र्यौली गाउँको एक सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई चार बर्ष यता लगातार शैक्षिक सहयायता प्रदान गर्दै आएका छन भने लायन्स क्लब र अन्य माध्यमबाट समेत सामाजिक कार्यहरुमा योगदान दिदैं आएका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here