कांग्रेस नेता कोइरालासहित केन्द्रिय सदस्यहरु दमकमा

0
364

दमक÷ कांग्रेसका प्रभावशाली नेता केन्द्रिय सदस्य डा. शेखर कोईरालासहित केन्द्रीय नेताहरु झापाको दमक आइपुगेका छन । गौरादहमा भएको ठाकुर समाज झापाको जिल्ला अधिवेशन उदघाटन सकेर नेता कोइराला दमक आएका हुन ।

कांग्रेस झापा क्षेत्र नं ५ द्धारा दमकस्थित पार्टी कार्यालयमा आयोजना गरिएको क्षेत्रीयस्तरका अगुवा कार्यकर्ताहरुसंग भेटघाटका लागि नेता कोइराला आएका हुन । त्यस्तै कांग्रेस केन्द्रीय सदस्यहरु डा. चन्द्य्र भण्डारी , गुरु घिमिरे धनराज गुरुङ र सरिता प्रसाइँ पनि कार्यकर्ता भेटघाटमा उपस्थित छन । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा केहीबेर अघि शुरु भएको अगुवा कार्यकर्ता भेटघाटमा महासमिति, महाधिवेशन प्रतिनिधि, पार्टीका जिल्ला, क्षेत्र, नगर तथा गाउँस्थित पदाधिकारी, सदस्यहरु लगायत भातृ संघ संगठनका पदाधिकारी सदस्यहरु ठुलो संख्यामा उपस्थित भएका छन । नेपाल महिला संघ दमक नगर सभापति मन्धरा पौडेलले स्वागत मन्तव्य राखेकी छिन । कार्यक्रममा सहभागी कार्यकर्ताहरुले पार्टी, संगठनका बिषयमा राखेका जिज्ञासाहरुको नेताहरुले जवाफ दिने जनाइएको छ । नेता कार्यकर्ताहरुको जमघटले पार्टी कार्यालय र आसपासको खाली क्षेत्र भरिभराउ भएको छ ।

आसन्न १४ औं महाधिवेशनमा सभापतिका दाबेदार डा. शेखर कोइराला दुई दिन सम्म भोली ( बुधबार) कांग्रेसका पूर्व सांसद डा शंकर उप्रेतीको श्रद्धाञ्जली सभामा र विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना हुने जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here