दोभानका अग्नीपीडितहरुलाई नगद रु २ लाख बढी राहत

0
243

दमक,२९ फागुन । दमक –ताप्लेजुङ सम्पर्क मञ्चले ताप्लेजुङ,दोभानका अग्नीपीडितहरुलाई नगद रु २ लाख बढी राहत रकम प्रदान गरेको छ । दुई साता अघि आगोलागीवाट विस्थापित भएका परिवारलाई राहत पुरयाँउन मञ्चले नगद रु २ लाख ११ हजार रुपैया प्रदान गरेको हो ।

मञ्चले साता दिन अघि स्थानीयस्तरमा एक सहयोग समिति गठन गरि सहयोग जुटाएको थियो । टोलीले आज विहान घटनास्थलमा पुगेर संकलित नगद राहत मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेश चोङबाङ र प्रशासकीय अधिकृत डम्बर आङदेम्बेलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको सम्पर्क मञ्चका अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भिम प्रसाद पौडेलले जानकारी दिए ।

गाँउपालिकाले अग्नीपीडितहरुको व्यवस्थापनका लागि सहयोग अभियान सञ्चालन गरिआएको छ । अभियान अन्तर्गत देश,विदेशबाट करिव रु ४० लाख नगद तथा अन्य विभिन्न जिन्सी समान प्राप्त भईरहेको उनले वताए ।

ताप्लेजुङबाट दमक आएर बस्दै आएका सर्वसाधारणहरुले सम्पर्क मञ्चको अगुवाईमा सहयोग जुटाईएको सस्थाका सचिव मोहन बगालेले जानकारी दिए । उनले दमकका विभिन्न वडामा बसोबास गर्दै आएका अतिरिक्त बिदेशमा रहेका आफन्तहरुले समेत सम्पर्क मञ्चको राहत सहयोग संकलनमा सहयोग पुरयाँएका र सहयोग जुट्ने क्रम जारी रहेको वताए । मञ्चका अध्यक्ष पौडेलसहित दमक ४ का वडाध्यक्ष कुमार साम्सोहाङ , मञ्चकी कोषाध्यक्ष शान्ता तामाङ , सम्पर्क मञ्चका सदस्य चैतन्य बराल, पबित्रा तामाङ र बिष्णु पौडेलसहितको एक टोली घटनास्थलमा पुगेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here