कृषकहरुले पाए यान्त्रिक उपकरण

0
176

शिबसतक्षी । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान ब्लक बिकास कार्यक्रम अन्तर्गत कृषकहरुलाई यान्त्रिक उपकरणहरु बितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र झापाको आयोजनामा झापाको शिबसताक्षी–१ धरमपुर चौकस्थित हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाले सोमबार कृषकहरुलाई यान्त्रिक उपकरणहरु बितरण गरेको हो ।

हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाका अध्यक्ष एबम् कृषि प्राविधिक ताराप्रसाद गौतमका अनुसार सिचाईको लागि मोटर १६ थान, पावर टेलर ३ थान, स्प्रेटयाँकी १५ थानसहित अन्य ४ थान उपकरणहरु कृषकहरुलाई बितरण गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान ब्लक बिकास कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र झापाले रु १२ लाख ९९ हजार ९ सय ९६ रुपैया र हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाबाट नौ लाख ३५ हजार ४ सय ७९ रुपैयासहित जम्मा २२ लाख ३५ हजार ४ सय ७५ रुपैयामा खरिद गरेर उपकरणहरु बितरण गरिएको अध्यक्ष गौतमले बताए ।

अध्यक्ष गौतमका अनुसार संस्थाबाट शिबसताक्षी–१, २ र ३ (साविकः धरमपुर) का कृषकहरुले लाभ पाएका छन् । यसअघि, संस्थाले पावर टेलर, धान रोप्ने, बिषादीका लागि प्रयोग गरिने स्प्रे ट्याँकी लगायतका उपकरणहरु बितरण भइसकेको छ ।

कृषि उपकरण बितरण गर्नुहुदै कृषि ज्ञान केन्द्र झापाका प्रमुख निल कलम स्हिंले समयको उचित व्यवस्थापन गर्दै थोरै जमिनमा धेरै उत्पादन गर्न अहिले नयाँ आधुनिक उपकरणहरुको प्रयोग गर्न आवश्यक रहेको बताए ।

सहकारी संस्था धरमपुरका अध्यक्ष ताराप्रसाद गौतमका अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाकी सञ्चालक समिति सदस्य तारा पोख्रेलले स्वागत मन्तव्य राखेका थिईन् भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव तेजेन्द्र घिमिरेले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here