नारी दिवसमा १२ महिला सम्मानित, भलिबल प्रतियोगितामा कमलको जित

0
353

दमक,२४ फागुन /  महिलाको सुरक्षा, सम्मान र रोजगार  समृद्ध नेपालको आधार भन्ने मूल नारासहित देशव्यापी रुपमा आज ( सोमबार) १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस ( नारी दिवस) मनाइएको छ ।

दमक नगरपालिकाले २२ फागुनदेखि २४ फागुन सम्म यो दिवस मनाएको छ । दिवसको सन्दर्भ पारेर अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगितासहित विभिन्न पेशा व्यवसायमा निरन्तर रहेर आत्मनिर्भर बनेका उत्कृष्ट महिलाहरुलाई सम्मान गरेको छ । नगरपालिकाले २२ फागुनदेखि शुरु गरेको भलिबल प्रतियोगिताको आज समापन भएको हो ।


प्रतियोगितामा झापाको कमल गाउँपालिकाको टिम विजेता बन्दै उपाधी जित्न सफल भएको छ भने लेटाङ नगरपालिकाको टिमले उपविजेतामा चित्त बुझाएको छ । दिवसको अवसर पारेर आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा सेलिया श्रेष्ठ प्रथम भएकी छिन । त्यस्तै दिक्षा वाग्ले दोश्रो र एन्जिला खडका तेस्रो भएका छन ।

महिलाहरुलाई आआफनो क्षेत्रममा निरन्तर श्रम र संघर्ष गरेर समृद्धी हासिल गर्न प्रेरित गर्ने उद्धेश्यले उत्पादनशील कार्यमा जुटेर जिविकोपार्जन गरिरहेका श्रमशील १२ जना महिलाहरुलाई पुरस्कार सहित सम्मान गरिएको नगरपालिकाकी उपप्रमुख गीता पौडेल (अधिकारी)ले जानकारी दिइन ।

सम्मानित हुनेहरुमा कोरोना संक्रमणका बीच संक्रमितहरुको उपचारका लागि ओसार पोसार गर्ने नगरपालिकाद्धारा सञ्चालित एम्बुलेन्सकी चालक महिला लिला बस्ताकोटी, ज्येष्ठ एकल उद्यमी महिला दमक ४ की हर्कमाया राई, दमक ६ की भक्का व्यवसायी चम्फा राजवंशी, अपाङगता भएकाहरुको अधिकारका लागि सशक्त नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी दमक ९ की पार्वता श्रेष्ठ, दमक ९ की एकल उद्यमी भावना धिमाल, दमक ७ की उद्यमी महला सरस्वती विक र पुनम गहतराज, सिटी सफारी चालक दमक ५ की सीता महत कोइराला, निर्माण व्यवसायी दमक ५ की देवी भुजेल र दमक २ की लिलादेवी सिग्देल दर्जी र दमक ६ की चटपटे व्यवसायी शान्तिदेवी चौधरी रहेका छन । सोही अवसरमा अपाङगता भएकी दमक ४ की पुनम भुजेललाई छात्रवृत्ती र सीप सिकाउने संस्थाहरुलाई सिलाई कटाई मेसिन समेत हस्तान्तरण गरिएको बताइएको छ ।

कार्यक्रम दमक ५ स्थित दिपिनी आधारभुत बिद्यालय परिसरमा सञ्चालन गरिएको थियो । त्यस अघि आइतबार दमक नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले उच्च प्राथमिकता साथ महिलाहरुलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराइएको थियो । सो अवसरमा नगर प्रमुख रोमनाथ ओलीले खेलकुदका अन्य विधाका प्रतियोगिताहरु पनि क्रमश सञ्चालन गर्दै खेल प्रतिभाको बिकास र उजागर गर्ने नगरपालिकाको योजना रहेको बताएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here