साताै दमक फुड फेस्टिबल आज  देखि सुरू

0
391

 झापा / दमकमा आज  देखि साताै  दमक फुड फेस्टिबल सुरू भएकाे छ ।

दमक ७ स्थित पशुहाटमा  प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री राम रानाले उद्घाटन गरे सगै  दमक फुड फेस्टिबल सुरू भएकाे छ ।

होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालका अनुसार फेस्टीबलमा बिभिन्न जात जातिका खानाका परिकारहरुसंगै स्थानीय  मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन ।  २९ फागुन सम्म सञ्चालन हुने सो फेस्टीबलमा एक लाख बढी सर्वसाधारण प्रत्यक्ष सहभागी हुने अपेक्षा गरिएको छ ।

 पहिलोदिन सृजना खत्री (हाउडेमाया ) को प्रस्तुति रहने छ । मो आफनो वेजोड प्रस्तुति दिने छिन् । गायिका सृजनाका मेरो एक्सको छम्मा, नौटंकी माया, डवल माया, हाउडे माया जस्ता चर्चित गीतहरु छन्।

सातौं फूडफेस्टिवलमा सातैदिन सन्दीप क्षेत्री, मेलिना राई, लाहुरे,निशान भट्टराई रिया श्रेष्ट ,भीटेन र ज्योति मगर लगायतका चर्चित कलाकारहरुको वेजोड प्रस्तुति रहने जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here