श्री बिरेन्द्र कृषि सहकारी सस्थाको तेस्रो साधरण सभा सम्पन्न

0
392

डुडामारी । श्री बिरेन्द्र कृषि सहकारी सस्थाको अध्यक्षमा पुन मोहन सेर्मा चयन भएका छन ।बुधबार सस्थाको तेस्रो साधरण सभा तथा दोस्रो अधिबेसन बाट सेर्मा पुन अध्यक्षमा चयन बएका हुन ।

त्यसै गरि उपाध्यक्षमा भिम कुमरी खड्का, सचिबमा सन्दिप सेर्मा ,सर्बसम्मत चयन भएका छ्न भने सद्स्यहरुमा क्रमश रोमन लाम्गादे ,दिलकुमर सेर्मा ,लक्ष्मी सेर्मा , छिरिङ लामा ,रुपध्वज श्रेस्ठ ,सितकुमरी भुजेल ,चन्द्रकला भट्टराई ,गङ्गा सेम्बु रहेका छन ।३ बर्ष अघि शिबसताक्षी ८ स्थित डुडामारीमा स्थापना बएको सस्थाले निर्बाहमुखी कृषि प्रणालीलाई ब्यबस्थित गरि आधुनिक प्रणाली बाट कृषि क्षेत्रलाई बिकास गर्नको लागी यश सस्था सन्चालनमा ल्यएको अध्यक्ष सेर्माले बताए ।

८ नम्बर वडा सद्स्य सीता रोक्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष सेर्माले ३२लाख ९४ हजार चुक्ता पूंजी ,कर्जा लगानी २८ लाख पचास हजार गरेको छ भने वासालात ३७ लाख २३ हजर ९६ रुपैया रहेकी बार्षिक प्रतिबेदन प्रस्तुत गरे ।त्यसै गरि अध्यक्ष सेर्माले आउदो अर्थिक बर्ष ०७७/०७८मा कृषि मलको बिक्रि बितरण गर्ने,कृषि बिउ बिजनको बिक्रि बितरण गर्ने ,आधुनिक कृषि खेतिको सुरुवात गर्ने र आधुनिक कृषि औजार प्रयोगमा ल्याउने बर्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ । आजै जसकुमर तामाङ्गको सम्योजकमा ३ सदस्य लेखा समिती चयन गरेको छ भने दलकुमार सेर्माको सम्योजकमा सल्लाहकार समिती समेत चयन गरेको छ । कार्यक्रम सन्चालन सचिब सन्दिप सेर्माले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here