अमेरिकाबाट राजन खड्काले पठाए एक लाख, पहिलो पाइलाले गर्यो बिरामीलाई सहयोग

0
273

दमक / सामाजिक काममा सक्रिय पहिलो पाइला नेपाल दमक शाखालाई अमेरिका बस्दै आएका दमक ३ गोलाटारका राजन खडका ( रामकुमार) ले नगद एक लाख रुपैयाँ प्रदान गरेका छन ।

खड्काले पठाएको सोही रकम मध्येबाट नगद ५० हजार रुपैयाँ उर्लाबारीका मृगौला पीडित ५२ बर्षिय टिका श्रेष्ठलाई र पेटमा पानी जमेर समस्या भएकी आँशु राजवंशीलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ । सो संस्थाले आज ( मंगलबार) आयोजित कार्यक्रममा मृगौला पीडित श्रेष्ठका भाई तेजकुमार श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष दिपक खडका, सल्लाहकारद्धय राजु खडका र विमल शर्माले संयुक्त रुपमा श्रेष्ठलाई सो रकम हस्तान्तरण गरे ।

त्यसैगरी सोही अवसरमा संस्थाका कोषाध्यक्ष दिवस खतिवडा मार्फत मोरङ सुन्दरहरैंचाकी अंशु राजवंशीलाई २५ हजार रुपैयाँ पठाइएको छ । सो रकम खतिवडाले पीडित राजवंशी परिवारका नाममा रहेको बैंक खातामा जम्मा गरेका जनाइएको छ ।

सो अवसरमा बिरामी राजवंशीको उपचारमा सहयोग पुर्याउन लाइफलाइन अस्पताल दमकमा कार्यरत सुजाता थापाले रु. ५ हजार र संस्थाका सदस्य विष्णु राईले रु. ५ हजार प्रदान गरेको पनि जानकारी गराइएको थियो ।

सोही कार्यक्रममा संस्थाका कोषाध्यक्ष खतिवडाले संस्थाका गतिबिधि र कोषको अवस्थाका बारेमा प्रकाश पारेका थिए भने संस्थाका सचिव मेघनाथ फुयाँलले कार्यक्रम सञ्चालन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here