महिला संघले दियो विशेष कक्षाका बालबालिकालाई टिभी

0
221

दमक / झापाको कमल ५ स्थित मंगलमय माविका सुस्तश्रवण भएका बालबालिकाका लागि नेपाल महिला संघले बुधबार दुई थान एलइडी टिभी प्रदान गरेको छ ।

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपाल महिला संघ झापा क्षेत्र नं ५ को क्षेत्रीय समितिले विशेष कक्षामा अध्ययनका लागि सहयोगी सामग्रीका रुपमा सो टिभी प्रदान गरेको हो ।

संघकी क्षेत्रीय सभापति रेगिना भट्टराईको अध्यक्षता र नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा भएको हस्तान्तरण कार्यक्रमका वक्ताहरुले महिला अधिकार स्थापनाको इतिहास संघर्षपूर्ण रहेको र अझै पनि महिलाका हक अधिकार सम्बन्धि कानुनहरुको कार्यान्वयन नहुनु दुखद भएको बताए । सबै खाले अधिकार प्राप्तीको लडाइँमा महिलाहरुको भुमिका अहम रहेको कार्यक्रममा चर्चा गरियो । सो अवसरमा कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा, नेतृ रामकुमारी पौडेल, नेविसंघकी केन्द्रिय उपसभापति तुलसा पन्त, मंगलमय माविका प्रधानाध्यापक मोहन बगाले लगायतले बोलेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here