चीन नेपाल मैत्री औधोगिक पार्क शिलन्यासको तयारी पुरा, प्रधानमन्त्रीओली झापा आउदै

0
568

दमक/ झापामा औधोगिक क्रान्तिको रुपमा लिईएको चीन नेपाल मैत्री औधोगिक पार्क शिलन्यासको तयारी पुरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार विहान ११ बजे कमल गाँउपालिका ६ झर्कामा शिलन्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सहित पार्क शिलन्यासका लागि आउनेहरुको स्वागतका लागि दमक चोक झकिझकाउ बनाईएको छ । चीन र नेपालको झण्डाहरुले दमक चोकलाई सजाईएको छ । ब्यानरहरु पनि राखिएको छ ।

 करिब ५० हजार मानिसहरु औद्योगिक पार्क शिलन्यासमा सहभागि गराउने भनिदै आएको छ ।दमक, गौरादह र कमल गाँउपालिकाको संगमस्थल झर्कामा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा राष्ट्रिय कलाकारहरु समेत आउने  भएका छन् ।

औद्योगिक पार्कमा तिब्बतको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानी रहने थापाले बताए । सोका लागि लगानीबोर्डले ६४ अर्ब लगानी स्वीकृत गरिसकेको छ ।चीन नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले जानबरी दिएका छन् । यो पार्क यस क्षेत्रको मात्र नभएर नेपालको एवं दक्षिण एशियामा नै नमुना बन्ने छ ।  बढिमा दूई बर्षभित्रमा संरचना बनाएर ठुलाठुला उद्योगबाट सामान उत्पादन शुरु हुने उनको भनाई छ । कहाँ बनाउने भन्ने ठाँउको चिन्ता छैन, लगानीको चिन्ता छैन र अनि बजारको पनि कुनै समस्या एवं चिन्ता छैन– थापाले भने ।

प्रधानमन्त्री ओलीले अन्य थुप्रै योजनाहरुको पनि शिलान्यास तथा उदघाटन गर्ने कार्यक्रम यस अघिनै सार्वजनिक भइसकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here