पत्रकार मञ्च दमकको ११ औं वार्षिक साधारण सभा सम्पन्न

0
426

दमक / पत्रकार मञ्च दमकको ११ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्य र मञ्चका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा साधारण सभा भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथी दाहाल, विशिष्ट अतिथी दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, मञ्चका संस्थापक अध्यक्ष गञ्जबहादुर दाहाल, प्रेस नेपालका उपाध्यक्ष कमन देवान, प्रेश संगठन झापाका अध्यक्ष टीकाराम उप्रेती लगायतले मन्तव्य राख्नु भएको थियो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ पत्रकार राहत अक्षयकोषका लागि सहयाेग रकम हस्तान्तरण गर्दै ।

कार्यक्रममा प्रमुख अतिथी दाहालले मञ्चले स्थापना गरेको पत्रकार राहत अक्षयकोषमा ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नु भयो भने विशिष्ट अतिथी श्रेष्ठले ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नु भयो ।  कार्यक्रमको वन्द शत्रले अध्यक्ष, सचिव तथा कोषाध्यक्षको प्रतिवेदन संशोधन सहित पास गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here