कर छुट तथा राजश्व सम्बन्धि अन्तरक्रिया

0
483

दमक, १० फागुन /  नेपाल सरकारले गरेको कर छुटको व्यवस्था तथा राजश्वका बारेमा जानकारी दिने उदेश्यले दमक उद्योग वाणिज्य संघले आज जानकारीमूलक अन्तरक्रिया गरेको छ ।

आन्तरीक राजश्व कार्यालय दमकको समन्वयमा भएको कार्यक्रममा संघका पदाधिकारी तथा सदस्य, उपसमिति सदस्यहरु, वस्तुगत संघका प्रतिनिधी, अन्य व्यवसायी तथा सामाजिक संस्था एवम् राजनीतिक दलका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कर अधिकृत डम्बरु पराजुली तथा देवेन्द्र लिम्बूले कर छुटको व्यवस्था, नियम लगायतका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here