फागुन २३ गते देखि दमक फुड फेस्टिबल हुदै

0
357

दमक/ कोरोनाका कारण थलिएका दमकका होटल व्यवसायीहरु सातौं फुड फेस्टिबल आयोजनाको तयारीमा जुटेका छन ।

होटल व्यवसायी संघ दमकको आयोजनामा यस बर्ष २३ फागुनदेखि २९ फागुन सम्म दमक फुड फेस्टिबल आयोजना गर्न लागिएको हो । दमक बसपार्क नजिकै आयोजना गरिने सो फेस्टिबलमा विभिन्न जातजातीका खानाका विशेष परिकार तथा कृषि उपजहरुको समेत स्टल राखिने जनाइएको छ ।

संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइए अनुसार फेस्टिबल सम्पन्न गर्न भुपेन्द्र न्यौपानेको संयोजकत्वमा मूल समिति र अन्य विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

मुल समितिका अतिरिक्त उपसमितिहरुले आआफनो तर्फबाट आवश्यक तयारी धमाधम गरिरहेका संघका अध्यक्ष राजेन्द्र दंगालले बताए । सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरु आउने र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार हुने अनुमान गरिएको उनले बताए ।

फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका र पर्यटन बोर्डले समेत सहयोग गर्ने बताइएको छ । फेस्टिबलका माध्यमबाट स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन तथा मौलिक खानेकुराहरुको संरक्षण हुने आयोजकले विश्वास लिएको छ । बर्षेनी आयोजना गरिँदै आएका फेस्टिबलहरुमा जस्तै यस बर्ष पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरु आकर्षकका रुपमा रहने संयोजक न्यौपानेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here