दमकमा यामाहा रे जेड आर १२५ स्कुटरको माइलेज टेस्ट

0
864

दमक, १७ माघ /  झापा दमकमा रहेकाे यामाहा कम्पनीकाे मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता कृसब कमर्शियल कम्पनी लि. ले   शनिबार हालै नेपालमा लन्च गरेको रे जेड आर १२५ सिसी स्कुटरको माइलेज टेस्ट प्रतियाेगिता सम्पन्न  गरेकाे छ ।

उक्त माइलेज टेस्ट प्रतियाेगितामा  रे जेड आर १२५ सिसी स्कुटर चढने ग्राहक उपस्थित भएका थिए । प्रतियाेगितामा प्रत्यक्ष सवारी धनीबाट स्कुटरको माइलेज टेस्ट गरिएको थियो । २४ जना सहभागी उक्त  माइलेज च्यालेन्ज प्रतियाेगिता  यामाहा साेरूम बाट सुरू भइ दमक चाैक,बजार, फाल्गुनन्द चाैक, बेलगाडी ,मावा खाेला पुल नजिक बाट अाम चाैक, हिमाबि हुदै पुन दमक बजार भएर दमक चाैक हुदै, सेतुमारी राेड हुदै पखेटे बाट शान्तिमार्ग हुदै साेरूममा अाएर समाप्त भएकाे थियाे ।

प्रतियाेगितामा ७२.२२  ल्याएर   मनि कुमार राइ प्रथम, ७०.६८ ल्याएर  सराेज बराल द्वितिय र ६६.६७ ल्याएर बिष्णु प्रसाद राइ तृतिय र कम्पनिले दिएकाे औषत माइलेज ल्याएर रमा निराैला सान्त्वना भएका थिए ।

बिजेता लाइ कृसब कमर्शियलका प्राेपाइटर सन्जु पराजुलीले  प्रमाण पत्र तथा ट्रफी हस्तान्तरण गरेका थिए  । कार्यक्रममा उपस्थित सवारी धनीले यामाहा मोटरसाइकल खरिद गरी चलाउदा अारामदायी, सुबिधा युक्त भएकाले सहज भएकाे प्रतिकृया दिए ।

कृसब कमर्शियलका प्राेपाइटर सन्जु पराजुलीले उपस्थित ग्राहकहरुलाई  मायाकाे चिनाे प्रदान गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको पहिलो बिएस सिक्स, एफआई टेक्नोलोजी स्कुटरमा साइड स्ट्यान्ड इन्जिन कट अफ, स्मार्ट मोटर जेनेरेटर तथा डिजिटल मिटरजस्तो फिचर रहेको स्कुटरको तौल ९९ केजी रहेको कम्पनिले जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here