प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी क्लबलाई

0
175
sf7df8f}F !&,df3 M ljh]tf l6d cfdL{ SnanfO{ 6«lkm k|bfg k|wfgdGqL sk Pslbj;Lo k''?if /fli6«o lqms]6 k|ltof]lutfdf zlgaf/ ljh]tf l6d lqe''jg cfdL{ SnanfO{ 6«lkm k|bfg ub}{ /fli6«o v]ns'b kl/ifbsf ;b:o;lrj /d]zs'df/ l;njfn . lqlj cGt//fli6«o lqms]6 d}bfgdf zlgaf/ kmfOgn v]n lqe''jg cfdL{ Sna / ;z:q k|x/L ansf] PkLPkm SnaaLrsf] v]n ePsf] lyof] . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ, १७ माघ / नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको उपाधि जितेको छ । आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३४ रनले हराउँदै पहिलो पटक उपाधि चुमेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै २११ रन बनायो । २१२ रनको विजय लक्ष्य पछ्याउने क्रममा एपीएफले ४१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्र बनायो । आर्मीले आजको खेलमा अनिल मण्डल र सुशन भारीलाई प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदानमा पठाएको थियो । पहिलो विकेटका लागि दुवै जनाले ३२ रनको साझेदारी गर्नुभएको थियो । भारीले १३ तथा मण्डलले ११ रन बनाउनुभयो । आर्मीका लागि भीम सार्कीले सात, रोहित पौडेलले १३, कप्तान विनोद भण्डारीले सातm हरि चौहानले ५८, लोकेश बलमे १५ तथा साहब आलमले २५ रनको योगदान दिनुभयो ।

बलिङतर्फ अभिनाश बोहोराले चार तथा किशोर महतोले दुई विकेट लिनुभयो । जवाफी ब्याटिङ गर्ने क्रममा एपीएफका लागि आशिफ शेखले ६१, शंकर रानाले २१, सुवास खकुरेलले १४, सुमित महर्जनले १९ तथा सन्दीप जोराले २९ रन बनाउनुभयो । बलिङतर्फ आर्मीका लागि विक्रम सोब, जितेन्द्र मुखिया र साहब आलमले तीन तीन विकेट लिनुभयो । एपीएफको कप्तानी शरद भेषवाकरले तथा आर्मीको नेतृत्व विनोद भण्डारीले गर्नुभएको थियो ।

एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु १० लाख तथा उप विजेताले रु पाँच लाख पुरस्कार प्राप्त गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here