सरसफाईमा जुट्दै मदन भण्डारी स्पोर्टस एकाडेमी

0
192

दमक/झापाको दमकमा हालै गठन भएको मदन भण्डारी स्पोर्टस एकाडेमीले सरसफाई कार्यक्रम गरेको छ । दमक बसपार्कबाट शुरु भएको सरसफाई गणतन्त्र चोक सम्म पुगेर समापन भएकाे छ । अभियानको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले शुरुवात गर्दै व्यक्ति व्यक्ति स्वयंले  नियमित रूपमा सरसफाई गर्नु पर्ने बताए  । यसलाई जनचेतनाका रुपमा अघि बढाउनु आवश्यक रहेकाे उनको भनाई थियो ।

सरसफाई थालनी गर्न आयोजित सक्षिंप्त कार्यक्रममा सरकार पक्षीय ( प्रधानमन्त्री केपी शर्मा ओली ) समुहको नेकपाका नेता कार्यकर्ताहरुसहित भातृ संगठन र एकाडेमीका पदाधिकारी, सदस्यहरु, यातायात व्यवसायी, मजदुरसहित दमक नगरपालिकाका नगर प्रहरी लगायत स्थानीय युवाहरु सहभागी भएका थिए ।

सो अवसरमा दमक ३ का वडाध्यक्ष नविन बराल, वडा नं १० का वडाध्यक्ष बोधराज न्यौपान, युवा संघ नेपाल दमक नगर कमिटी अध्यक्ष राम पौडेल, अनेरास्ववियुका नेता सन्तोष दुलाल लगायतको उपस्थिती थियो । एकाडेमीका अध्यक्ष लोकेश न्यौपानेले सामाजिक क्षेत्रमा युवाहरुलाई परिचालन गर्ने उद्धेश्यले कार्यक्रम गरिएको जनाएका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here