अखिल नेपाली युवा संघको प्रदेश नम्बर १ समिति गठन

0
338

दमक/ मौलिक जरोकिलो पार्टीले झापाको दमकमा आफ्नो संगठन विस्तार गरेको छ ।

शनिबार दमक–९ स्थित कन्काई पार्टी प्यालेसमा आयोजित सो पार्टीका समर्थकहरुको भेलाले पार्टीको नगर समिति गठन गरेको छ । साथै भेलाले सो पार्टी अन्तर्गत अखिल नेपाली युवा संघ प्रदेश नम्वर एकको कार्यसमिति पनि तय गरेको छ ।

 भेलाले दमक नगर समितिमा संयोजक प्रेम दाहाल र सह–संयोजक मौसम राना राई रहेको १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको सचिवमा कुवेर दंगाल र कोषाध्यक्षमा दमन्ता पाण्डेलाई चयन गरिएको छ । समितिका सदस्यहरुमा क्रमशः चन्द्रकला भट्टराई, अञ्जना रिजाल आचार्य, ज्ञानु पोखरेल, शान्ता लुइँटेल, हिमा पाण्डे, खेमकुमारी ओली, सुमन भण्डारी, चन्द्र दाहाल र निशा नेपाली रहेका छन् ।

यसैगरी सो पार्टी अन्तर्गतको अखिल नेपाली युवा संघ प्रदेश नम्वर एकको कार्यसमिति पनि भेलाबाट गठन गरिएको छ । युवा संघको सो समितिको संयोजकमा लिलाराज न्यौपानेलाई चयन गरिएको छ । प्रदेशस्तरीय १३ सदस्यीय सो समितिका सदस्यहरुमा क्रमशः प्रकाश अधिकारी, निर्देश पोखरेल, संगम बस्नेत, अम्बिका सुृवेदी, भिम लिम्बू, देवीका न्यौपाने, केशव गेलाल, दुर्गा घिमिरे सिटौला, रोहिणी मण्डल, विद्यानन्द मेहता, जीवन चिमरिया र राजन लुइँटेल रहेका छन् ।

मौलिक जरोकिलो पार्टीका झापा जिल्ला अध्यक्ष नारायण प्रसाद रिजालको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका प्रदेश १ का अध्यक्ष ईन्द्रप्रसाद ओलीको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरुमा अखिल नेपाली युवा संघका केन्द्रीय महासचिव सन्तोष दाहाल, पार्टीका प्रदेश १ महासचिव अर्जुनकुमार भट्टराई, सचिवद्वय राजकुमार दाहाल र रोमादेवी निरौला, प्रदेशका शिक्षा विभाग संयोजक तुलसा खरेल र सदस्य उद्धव थापा, विर्तामोड नगर संयोजक अमितकुमार बुढाथोकी, मोरङ उर्लाबारी संयोजक विज्ञान आचार्य र सहसंयोजक मनिषा पोखरेल रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रदेश सचिव राजकुमार दाहाल र कार्यक्रम संचालन अखिल नेपाली युवा संघका केन्द्रीय सचिव शुलभराज बरालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ओलीले पार्टीको सिद्धान्त, नीति र कार्यक्रमका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here