सातै प्रदेशमा कोरोना विरुद्धको खोप, माघ १४ गतेबाट तीन सय अस्पतालमा लगाइने

0
191

काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिसिल्ड शनिबारदेखि सातै प्रदेशमा पठाउन सुरु गरिएको छ । प्रदेशबाट नै जिल्ला अस्पतालमा आवश्यकताका आधारका खोप वितरण गरिने र भोलिसम्म सबै प्रदेशमा खोप पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । मन्त्रालयले खोप व्यवस्थापनका लागि सात वटै प्रदेशको संयोजक समेत तोकेको छ । खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोरोनाको सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

भारतले अनुदानमा उपलब्ध गराएको १० लाख कोभ्याक्सिन गत बिहिबार नेपाल ल्याइएको हो । खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । दुई मात्रामा दिइने कोरोनाको खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो । खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

माघ १४ गतेबाट सात प्रदेश र ७७ जिल्लामा गरी करीब तीन सय अस्पतालबाट खोप लगाइने तयारी छ । उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ । सरकारको कुल जनसंख्याको ७२ प्रतिशतलाई कोरानविरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here