प्रथम शिवसताक्षी सुपर सिक्स क्रिकेट प्रतियोगीता शुरु

0
360

दमक/ झापाको शिवसताक्षीमा आजदेखि प्रथम शिवसताक्षी सुपर सिक्स क्रिकेट प्रतियोगीता शुरु भएको छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले प्रतियोगीताको उद्घाटन गरे । उद्घाटन कार्यक्रम बोल्दै प्रमुख शेर्माले खेल र खेलाडीको विकासमा नगरपालिका सधै लाग्ने बताए ।

कार्यक्रममा विषेश अतिथिको रुपमा राधाकृष्ण खनाल,सिताराम भेट्वाल,रमण खतिवडा ,डम्बर अधिकारी,धन बहदुर थेबे,रोशन थोप्रा,रहेका थिए । त्यस्तै अतिथिहरु अनिता कन्दग्वा,निशा लिम्बु,फुर्वा लामा,सन्तोश पौडेल ,डिगम पराजुली ,जितेन्द्र शाहा,राम नरेश शर्मा,दिपक भेटवाल,लक्षुमण अधिकारि,भाग्य फागो, लगायतको उपस्थिति रहेको थियोे ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको प्रतियोगीताको आज ४ वटा खेल सम्पन्न भएका छन् । १४ वटा टिम सहभागी प्रतियोगीताको आज भएको खेलमा किँरात चौक क्लबलाई पराजित गर्दै शिवसताक्षी ११ बिजयी भएको छ । १२ रनले बिजय भएको खेलमा रोशन भट्टराई म्यान अफ द म्याथ घोषित भए । यस्तै आजै भएको अर्को खेलमा दमक क्रिकेट क्लबलाई १३ रनले पराजित गर्दै शनि अर्जुन क्लब बिजय भएको हो ।

तेस्रो खेल बिडीपी युनाइटेले कन्काइ सुरुगाँलाई ४ विकेटले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको एकेडेमीमा जिल्ला सदस्य सन्तोष पौडेलले जानकारी दिए । यसैगरि आजै भएको अन्तिम खेलमा जलथल क्रिकेट क्लबलाई हराउदै पथरी क्रिकेट क्लब १६ रनले बिजय भएको छ । एकाडेमीका नगर अध्यक्ष सुजन भेट्वालको अध्यक्षता र अर्जुन राईको सञ्चालनमा आजको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगीतामा १४ वटा क्लब सहभागी छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here