समाजसेवी राई द्वारा हकी खेलाडीलाई पोशाक सहयोग

0
478

बिर्तामोड , माघ ९ । राष्ट्रिय हकी प्रतियोगितामा भाग लिन जाने हकी खेलाडीहरुलाई थकाली किचन एण्ड बार बिर्तामोडका संचालक दिवस राईले खेल पोशाक प्रदान गरेका छन् ।

प्रदेश नं १ को प्रतिनिधित्व गर्दै झापाका १८ जना हकी खेलाडीहरु महेन्द्रनगर जान लागेका हुन् । यही माघ महिनाको अन्तिममा महेन्द्रनगरमा सहाना प्रधान राष्ट्रिय हकी प्रतियोगिता हुन लागेको छ । मनोज चौधरीको कप्तानीमा प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुमा सन्तोष बेस्रा , दीपक खतिवडा , सन्तोष जोशी , अनिश मगर , मनिश मगर , राजु राजवंशी , कृष्ण तामाङ, उद्धव श्रेष्ठ , रोशन श्रेष्ठ , संजय राजवंशी , दिपेन चौधरी , विष्णु घिमिरे , रिसब चौधरी , सुन्दर भण्डारी , सुदीप चौधरी , रितेश अधिकारी र गौरव कार्की रहेका छन् ।

उनीहरु सबै १८ जनालाई खेल पोशाक प्रदान गरिएको हो ।  लायन्स कर्मी , दमक रनका अध्यक्ष विभिन्न खेलमा आबद्ध  रहेका संचालक राईले आफूले सानो सहयोग गरेको बताउँदै आगामी दिनमा अझ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा हकी प्रशिक्षक ज्ञानेन्द्र खड्का , कुस्ती प्रशिक्षक देवी भण्डारी , दमक रनका सचिव कृष्ण दाहाल , शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here