भारतले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने, खोप भोलि नै आइपुग्ने

0
182

काठमाडौं, माघ ७ । भारतले नेपाललाई १० लाख डोज कोरोनाको खोप अनुदानमा दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ को पहिलो खेप बिहीबार (भोलि) नै आइपुग्ने पनि स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने जनाएको छ । खोप अभियान ७७ जिल्लाबाटै शुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।

भारतले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार लगायत ६ देशलाई कोरोनाको खोप अनुदानमा दिन लागेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here