भाय नेटकाे सेवा अब दमकमा, सेवा विस्तारकाे अवसरमा विशेष छुट याेजना

0
548

दमक/ झापाकाे दमक बाट भायनेटले अाफ्नाे सेवा सुरु गरेको छ । कम्पनीले आफ्नो अफ्टिकल फाईवरबाट सेवा सुरु भएको जानकारी दिएको हो ।

दमक ५ काे बिकास टाेलमा रहेकाे दमक सेवा केद्रकाे प्रमुख अतिथी दमक ५ का वडा अध्यक्ष इन्द्र गुरूङ्गले  साेमबार एक कार्यक्रमका बिच उद्घाटन गरे सगै भायनेटले दमकबाट सेवा सुरू गरेकाे जनाएकाे छ ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथी गुरूङ्गले बजारमा नयाँ कम्पनी थपिए सगै ब्यवसायीक प्रतिस्पर्धा हुने भएकाले उपभाेक्ताले बुझेर सेवा लिनका लागि अनुराेध गर्दै कम्पनीलाइ उत्कृष्ट सेवा दिन अाग्रह गरे ।

झापामा बिर्तामाेड पछी  २५ औ साखाको रुपमा भाय नेटले अाफ्नाे सेवा  दमकमा सुरू गरेकाे छ। भायनेटले इन्टरनेट र केवुलको दुवै सेवा प्रदान गर्ने गरेको छ । निम्न र मध्यम वर्गीय उपभोक्तालाई लक्षित गरी सबैले उपयोग गर्न सकून् भन्ने उद्येश्यले फाइबर सहितको इन्टरनेट सेवा ल्याएको कम्पनीका शाखा प्रबन्धक नवीन चापागाईले बताए । उनले अहिले भायटिभी, भायसेक्योर , अल्ट्राबुस्टजस्ता सेवाका प्रकारहरु उपलब्ध रहेको जानकारी दिए ।  सस्तो र सुलभ मुल्यमा घर तथा कार्यालयमै दक्ष प्राविधिकहरुले ईन्टरनेट जोड्ने, इन्टरनेट प्याकेजमा बिभिन्न सुबिधा सहित सेवा विस्तारकाे अवसरमा  विशेष छुटकाे याेजना पनि राखिएको भायनेट दमकले जनाएको छ ।

देश भरमा प्रभावकारी रुपमा ईन्टरनेट सेवा दिदै अाएकाे भायनेटकाे हाल  एक लाख बढी ग्राहक रहेकाे कंम्पनीले जनाएकाे छ । फाइबरसहितको इन्टरनेट सेवा दिनका लागि अहिले दमकमा फाइबर बिछ्याउने काम भइरहेको बताउँदै चापागाईले दुई वर्षभित्र जिल्लाभरि फाइबर पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।

http://https://www.facebook.com/doonlinetv/videos/666573140692704

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here