पुश दोस्रो हप्तासम्म पनि सरकारले निर्णय नगरे हल सञ्चालन गर्ने व्यवसायीको चेतावनी

0
306

दमक / नेपाल चलचित्र संघ पुर्वाञ्चल शाखाले बन्द रहेका हलहरु सञ्चालनको लागी सरकार संग माग गरेका छन् । सुनसरीको ईटहरीमा संघको अाइतबार बसेको बैठकले हल सञ्चालनको वातावरण बनाउन सरकार संग माग गर्ने निर्णय गरेको संघका सचिव रंजिव श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको कारणले बन्द रहेको धेरै व्यवसायहरु खुल्न थाले पनि झण्डै १ बर्ष देखी बन्द रहेका चलचित्र हलहरु सञ्चालनको लागी सरकारले आवस्यक वातावरण नबनाएको भन्दै व्यवसायीहरुले तत्काल हल खोल्ने वातावरण बनाउन सरकार संग माग गरेका हुन ।

संघका पुर्वाञ्चल सभापती चैतन्य बरालको अध्यक्षतामा बसेको बैठकले आगामी पुस दोस्रो सता सम्ममा सरकारले हल खोल्ने निर्णय नगरे आपैंm सञ्चालन गर्ने समेत निर्णय गरेको छ । त्यसैगरी बैठकले हल सञ्चालनमा आए पछि पनि हल सञ्चालनमा लाग्दै आएको सबै प्रकारका करहरु आगामी दुई बर्ष सम्म छुट दिनु पर्ने पनि माग गरेको छ ।

कोरोनाबाट अति प्रभावित क्षेत्रमा चलचित्र क्षेत्र रहेको भन्दै बैठकले यस्तै अवस्था रहिरहे हल सञ्चालकहरु टाट पल्टिने अवस्थामा पुग्ने भन्दै सरकारलाई बेलैमा सचेत रहन पनि आग्रह गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here