सताक्षी प्रेस क्लबको अध्यक्षमा सेलिङ चयन, पत्रकार राई पुरस्कृत

0
360

झापा / सताक्षी प्रेस क्लब, शिवसताक्षीको दोस्रो अधिवेशनबाट सतासी साप्ताहिक खबर पत्रिकाका कार्यकारी सम्पादक सेलिङ केसी आगामी २ वर्षका लागि अध्यक्षमा चुनिएका छन् ।

दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा ६ गते सम्पन्न अधिवेशनमा उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सहसचिवमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा तेजेन्द्र घिमिरे, भगीहाङ नेम्बाङ, पवन चाम्लिङ राई, सोनिका राई, सूर्य कुइकेल, जीवनसिंह राजवंशी रहेका छन् भने अर्का एकजना समितिको बैठकले चयन गरिने बताइएको छ ।
त्यस्तै सल्लाहकार संयोजकमा छबिलाल दवाडी र सदस्यहरुमा पदमप्रसाद दाहाल, डामकुमार कुँवर, चन्द्रप्रसाद खनाल र उदयप्रकाश राई रहने समितिले चयन गरेको हो ।


यसैबीच सताक्षी प्रेस क्लबले स्थापना गरेको मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट विगत दुई दशकदेखि सोही क्षेत्रबाट पत्रकारिता पेशामा क्रियाशील सञ्चारकर्मी अनिलदेव राईलाई नगद ५ हजार ५ सय ५५ रुपैंया राशि सहित सम्मान गरिएको छ । सम्मान पत्रसहित राशिको सो पुरस्कार शिवसताक्षी नपाका प्रमुख चन्द्रकुमार शेर्मा, नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरीले हस्तान्तरण गरेका थिए ।

शनिबार सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रुपमा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल रेडक्रस सोसाइटी, उपशाखा शिवसताक्षीका सचिव गोविन्द काफ्ले, सतासी मिडिया प्रालिका अध्यक्ष योगेन लावती, सम्मानित सञ्चारकर्मी अनिलदेव राई, सतासीधाम जेसीज वर्ष २०२० की कोषाध्यक्ष जेसी निर्मला प्रधान लगायतले बोलेका थिए ।

कार्यक्रमको वन्दसत्रमा आव ०७६/७७ को आयव्यय अन्तर्गत आयतर्फ ७५ हजार ६ सय २७ रुपैंया र सोही बराबरकै व्यय खर्च सार्वजनिक गरिएको थियो ।
प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरुलाई शब्दद्वारा स्वागत उपाध्यक्ष सेलिङ केसीले गरेका थिए भने कार्यक्रम सञ्चालन दिलिप घिमिरेको रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here