अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा पहिलो पाइला नेपाल दमक शाखाको सहयोग

0
395

चितवन । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि पहिला पाइला नेपाल दमक शाखाको तर्फबाट सहयोग हस्तान्तरण गरिएको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंंगशाला निर्माणका लागि दमक शाखाले ३० हजार रुपैया सहयोग प्रदान गरेको हो ।

पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष दिपक खड्का सहितको टोलिले सो रकम चितवन पुगेर फाउण्डेशन सञ्चालक सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरेका थिए ।

दमक शाखाको तर्फबाट अध्यक्ष दिपक खड्का, उपाध्यक्ष निशा घिमिरे, सुरेश बराल, कोषाध्यक्ष दिवस खतिवडा, संस्थाका सल्लाहकार राजु खड्का साथै अन्य पदाधिकारी सदस्यहरुबाट सहयोग रकम संकलन गरि फाउण्डेशनलाई सहयोग गरिएको अध्यक्ष दिपक खड्काले बताए ।

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा खुसि लगोको बताए ।

पहिलो पाइला नेपाल दमक शाखाले अन्य विभिन्न सामाजिक गतिविधिहरु गर्दै आइरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here