विद्यार्थीरूले गरे क्रिकेट अभ्यासस्थलको निर्माण

0
215

दमक /  झापाको दमक –३ स्थित ढुकुरपानी माविमा विद्यार्थीरूले क्रिकेट खेल अभ्यासस्थलको निर्माण गरेका छन ।विद्यालयको मैदानमै नेटसहितको अभ्यासःथलको निर्माण गरेका हुन ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिल्वाल र सो विद्यालयका भुपु विद्यार्थी समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीले आज अनौपचारिक कार्यक्रमका बीच सो अभ्यासस्थलको उदघाटन गरेका छन ।

भण्डारीले क्रिकेट बलिङ र सदस्य सचिव सिल्वालले ब्याटिङ गरेर सोको उदघाटन गरेका हुन । सो अवसरमा भण्डारीले आफनो तर्फबाट सो विद्यालय र समग्र दमकको विकासका लागि गर्नुपर्ने सबै किसिमको पहल गर्ने प्रतिबद्धता जनाएका थिए । सदस्य सचिव सिल्वालले खेलकुदको विकासका लागि बिद्यार्थीहरू आफैंले श्रमदान गरेर अभ्यासस्थल निर्माण गर्नु खुशीको बिषय भएको भन्दै प्रशंसा गरे । सो अवसरमा प्रधानाध्यापक कृष्ण भण्डारीले विद्यालयमा भौतिक पूर्वाधारको आवश्यकता रहेको भन्दै ध्यानाकर्षण गराएका थिए । सो अवसरमा नेपाल स्काउटका १ नम्बर प्रदेश सदस्य राम पौडेल, राष्ट्रिय युवा संघ नेपाल झापाका संयोजक शम्भु भण्डारी, उर्लाबारी नगरपालिकाका श्रम तथा रोजगार अधिकृत तारा गुरागाइँ, ग्रामिण विकास बैंकका भोला बराल लगायतको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here