कोरोना विशेष अस्पताल बनाउन कांग्रेस सांसद लिम्बुकाे माग, दशैं भत्ता नलिने उद्घोष

0
447

दमक, ३  कार्तिक  /नेपाली कांग्रेसकी संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले कोरोना नियन्त्रणमा सरकारको भुमिका कमजोर भएको औंल्याएकी छिन । एकातिर सरकारले कोरोना संक्रमित आफना नागरिकलाई उपचार आफैं गर भन्नु र अर्कातिर विकास बजेट समेत कटौती गरेर कोरोना नियन्त्रणमा खर्च गरियो भन्नुलाई आश्चर्यजनका रुपमा लिन सकिने उनको भनाई छ ।

आज झापाको दमकस्थित निजी निवासमा पत्रकारहरुसंगको कुराकानीमा सांसद लिम्बुले कोरोना विशेष अस्पताल निर्माण र जनशक्ति व्यवस्थापनमा सरकारको अदुरदर्शीताको परिणाम आम नागरिकहरुको जिवन थप असुरक्षित भएको टिप्पणी गरिन । सांसद लिम्बुले कोरोना रोकथाम तथा उपचारको बन्दोबस्तीका लागि नेपाली कांग्रेसले असल प्रतिपक्षीका हैसियतले निर्वाह गर्न सक्ने भुमिकामा कुनै कमि नहुने बताइन ।

उनले प्रत्येक प्रदेशमा कम्तीमा छुट्टै एक÷एक वटा सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गरेर सुविधा सम्पन्न बनाउन सरकारलाई दिइएको सुझावलाई सरकारले गम्भिरताका साथ मनन नगर्दा अहिले अस्पतालहरुमा उपचारको बन्दोबस्ती राम्रो हुन नसकेकाले जोखिम बढेको उनको भनाई थियो । सरकारले सांसदहरुलाई दिएको दशैं भत्ता वापतको सुविधा आफूसहित नेपाली कांग्रेसका सांसदले नलिई सरकारलाई फिर्ता गर्ने घोषणा गरिसकेको सांसद लिम्बुले बताइन । सो रकम कोरोना पीडितहरुको उपचार, खानपान, स्वास्थ्यकर्मीहरुको प्रोत्साहनमा खर्च गर्नपनि कांग्रेसको सुझाव रहेको सांसद लिम्बुले बताइन । सांसद लिम्बुले भनिन – सरकारले कोरोना संक्रमितहरुको उपचार र बन्दोबस्तीमा रकम खर्च गरोस, भ्रष्टाचार नहोस ।

आफू पनि झापा ५ कै बासिन्दा भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यही क्षेत्रका मतदाताबाट निर्वाचित भएर देश चलाइरहेकाले यो क्षेत्रमा राज्यले दिने हरेक सेवा सुविधा अझ राम्रो र छिटो हुनुपर्नेमा यहाँका जनताले नै उपचार नपाउने अवस्था आउनु झनै दुखदायी बिषय भएको उनको भनाई थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here