दमक नगरपालिका फेरि बन्द, दशै पछि मात्र खुल्ने

0
1931

दमक, ३ कार्तिक /     झापाको दमक नगरपालिका आजदेखि फेरि तीन दिनका लागि बन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि बन्द भएको  नगरपालिकाकी उप प्रमुख गिता अधिकारीले बताइन् ।

 नगरपालिकाकाे सभा हलमा पत्रकार संगकाे भेटमा उप प्रमुख अधिकारीले  नगर प्रमुख सहित दुई जना वार्ड अध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वार्ड कार्यालयबाट प्रदान गरिने सवै सेवाहरु बन्द हुने  जानकारी दिइन् ।

पछिल्ला समय जनप्रतिनिधिसहित कर्मचारीहरुमा संक्रमण थपिदै गएको र संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ कार्य गर्नुपर्ने भएकाले नगरपालिकाका कार्यालय तथा १० वटै वडा कार्यालयहरु वन्द रहने बताइएकाे छ ।

नगरपालिकाले स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाएर मात्र दैनिक जिवनयापन, व्यवसाय गर्न अनुरोध गरेको छ । यस्तै निषेधाज्ञा पालना गर्न नगरवासीहरुसंग भनेको छ । अब नगरपालिका दशै पछि मात्रै खुल्ने उप सचिव दिनेश न्याैपानेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here