गाेल्डेन गेट सहकारीको साधारणसभा शुरु, यस्ताे छ साधारणसभाकाे तालिका

0
710

दमक, ३ कार्तिक /    दमक –६  स्थित गाेल्डेन गेट बचत तथा ऋण  सहकारी संस्थाको ७ औं बार्षिक साधारणसभा आज साेमबार देखि शुरु भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाले आउदो कार्तिक ५  गते समापन हुने गरि साधारणसभा शुरु गरेको हो ।

संस्थाको आफनै सभाकक्षमा आज औपचारिक रुपमा एक कार्यक्रम गरि साधारणसभाको संस्थाका अध्यक्ष गजेन्द्र निराैलाले उद्घाटन गरे ।  कार्यक्रममा सञ्चालक समितिले साधारणसभाका लागि प्रस्तुत गरिने बार्षिक प्रतिवेदन पुस्तिका समेत सार्वजनिक गरीएकाे छ ।

यसबर्ष कोरोना महामारीका कारण  साधारण सभाको प्रतिवेदन संस्थाका सदस्यहरुलाई कार्यालयबाटै वितरण गरेर । कोरोना संक्रमणका कारण आलोपालो गरेर भौतिक दुरी कायम गरी वडा वडा लाइ फरक फरक दिनमा प्रतिवेदन उपलब्ध गराइ  छलफल गरीने संस्थमा अध्यक्ष गजेन्द्र निराैलाले बताए ।  ३ दिनसम्म चल्ने साधारणसभाले संस्थाकाे आगामी बर्षकाे याेजना बनाउने छ ।

संस्थामा  २६ संस्थागत, ११०८ महिला र १८१२ पुरुष गरि  कुल २९४६ जना शेयर सदस्य रहेको छ भने शेयर पूंजी ३ करोड ७० लाख ८८ हजार १ सय रुपैया पुगेको छ । त्यस्तै संस्थाले बिभिन्न शिर्षकमा कर्जा लगानी १७ करोड ३५ लाख ४४ हजार  लगानी गरेकाे छ भने सस्थाले  २०  लाख ३५ हजार रुपैया मुनाफा गरेकाे सहकारीका ब्यवस्थापक प्रकास रिजालले बताए ।

सहकारीका उपाध्यक्ष  रेवत चन्द्र भण्डारीले स्वागत मन्तब्य राखेकाे उक्त कार्यक्रममा  सस्थाका  सञ्चालक,विभिन्न उपसमिति ,कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमकाे संचालन सस्थाका सेयर सदस्य राजु खड्काले गरेका थिए ।

यस्ताे छ साधारणसभाकाे तालिका

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here