दमकमा सुबिधा सम्पन्न सरकारी अस्पताल बन्दै, यसरी भयाे शिलन्यास

0
3379

दमक  / झापाकाे दमकमा  दमक अस्पतालकाे नयाँ सुबिधा सम्पन्न भवन बन्ने भएकाे छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले  पछिल्लाे अवस्थालाइ  मध्यनजर गर्दै  प्रबिधिकाे प्रयाेग गरी अनलाइन प्रबिधि बाट  दमक अस्पतालमा निर्माण हुन लागेकाे नयाँ भवनकाे  शिलान्यास गरेका छन् ।

अाइतबार दमक अस्पतालको निर्माण हुने नयाँ भवनको शिलान्यासमा जुम मार्फत सम्बाेधन गर्दै ओलीले सबै नागरिकलाई निरोगी बनाउने अभियानमा सरकार लागेको बताउदै भने, नागरिकलाई सकभर लोक नलागोस्, लागेपनि उपचार नपाउने अवस्था अब हुदैन् । निरोगी नेपाल निर्माणका लागि आहार,सरसफाई, व्यापाम, आरामलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले रोग लागेका नागरिकलाई उपचार गरेर ठिक बनाइने बताए ।

विश्वब्यापी महामारीका कारण विश्वकै अवस्था अस्तब्यस्त बनेको उल्लेख गर्दै उनले कोभिड १९ नियन्त्रण भन्दा बाहिर नगएको उल्लेख गरे । जनताको चेतनाको कमि भएका कारण अहिले फैलियो, शुरुदेखि नियन्त्रणमा राखेका थियौ, उनले भने, अहिले हामी त्यसलाई नियन्त्रणमा राख्नका लागि अधिकतम प्रयास जारी राखेका छौ । उनले थप संक्रमण बढ्न नदिनका लागि स्वास्थ्यकर्मी, चिकित्सकले खेलेको भुमिकाको प्रशंसा गरेका छन् । अहिले कोभिडका कारण केही कामहरुले गति लिन नसकेको हुन्, उनले भने, तर सरकारले प्रतिकूलतालाई चिर्दै अघि बढ्ने छ ।

कार्यक्रममा दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट खड्क लिम्बुले अस्पतालको अवस्थाका बारेमा बताएका थिए । २१ करोडका लागतमा ३ तल्ले सुविधा सम्पन्न भवन निर्माण हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ । २०४५ सालमा दमक हेल्थपोष्टबाट शुरु भएको दमक अस्पताल अहिले १५ बेडको सरकारी अस्पताल बनेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here