वडा दसैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैं

0
273

काठमाडौं । वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरी मनाइँदै छ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइँदै छ ।

देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुले पूजाआजा गर्ने गरेका छन् । घटस्थापनाका दिन जमरा राखेर नवमीसम्म घरघरमा देवी भवानीको पूजा आराधना गर्दै दुर्गासप्तशती चण्डी पाठ गर्ने चलन छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here