दुर्गा टोल विकास संस्थाको नयाँ नेतृत्वमा दिपेश दाहाल

0
294

दमक,३० असोज । दमक ४ स्थित दुर्गा टोल विकास संस्थाको नयाँ नेतृत्व चयन भएको छ । स्थानीय दुर्गा मन्दिर सेवा प्रतिष्ठानमा शुक्रबार भएको संस्थाको चौथो साधारण सभाले युवा व्यवसायी दिपेश दाहालको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा निर्मला पाठक ,सचिवमा पदम प्रसाद सापकोटा , सहसचिवमा मनिता आचार्य र कोषाध्यक्षमा अनिता उप्रेती चयन भएको जनाइएको छ । कार्यसमिति सदस्यहरुमा अन्जना राजबंशी ,बाबुराम रिजाल,कल्पना नेपाली र गौरी सिटौला रहेका छन्। संस्थाका अध्यक्ष राजन दाहालको अध्यक्षतामा भएको साधारणसभाले राजेन्द्र सिटौला संयोजकत्वमा सुर्ज़े प्रसाद सिटौला,अग्नि प्रसाद भेटवाल ,दिनेश दाहाल,राजन दाहाल सदस्य रहेको एक पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

सो साधारणसभामा संस्थाले हालसम्मको आय ब्ययको बिबरण समेत प्रस्तुत गरिएको थियो।२०७०सालमा स्थापना भएपनि बिधिवत दर्ता भने २०७३ सालमा भएको थियो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here