६५ औँ प्रहरी दिवसको अवसरमा झापामा विविध कार्यक्रम

0
567

झापा, ३० असाेज /  ६५ औँ प्रहरी दिवस को अवसरमा आज  जिल्ला प्रहरी कार्यलाय झापामा प्रहरी दिवश कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा  जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाको अध्यक्षता र  जिल्ला स्थित अन्य सुरक्षा निकाय प्रमुख, पूर्व प्रहरी संगठनका पदाधिकारी, अमर प्रहरी परिवारजन, प्रहरी कार्यमा सहयोग गर्ने संघ संस्था एवं शैक्षिक संघ संस्था प्रमुख, जग्गा दाता, पूर्व प्रहरी, रेडक्रस प्रतिनिधी लगायत  एक सय बढीकाे उपस्थितिमा प्रहरी दिवश कार्यक्रम सम्पन्न भएकाे हाे।

कार्यक्रममा अमर प्रहरी परिवारका सदस्यहरुलाई सम्मान, तालुक १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्राप्त बहालवाला एवं पूर्व प्रहरी कर्मचारीको सन्ततीलाई छात्रवृति प्रदान गर्नुको साथै यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत मध्ये उत्कृट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार एवं बिभिन्न प्रहरी यूनिटहरुको लागि निशुल्क जग्गा प्रदान गर्नुहुने जग्गा दाताहरुलाई कदर पत्र प्रदान गरी सम्मान गरीएकाे थियाे ।

साथै साेही  अवसर जिल्ला रेडक्रस सोसाईटी शाखा भद्रपुरको सहयोगमा रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको थियाे । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ३२ जना प्रहरी अधिकृत एवं
जवानले रक्तदान गरेकाे जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक राकेश थापाले जनाकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here