विश्वभरका ४ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण, ११ लाखको मृत्यु

0
327
Health workers prepare to conduct a COVID-19 test for residents at Kampung Baru, a traditional Malay village in Kuala Lumpur, Malaysia, Wednesday, April 15, 2020. The Malaysian government issued a restricted movement order to the public till April 28, to help curb the spread of the new coronavirus. (AP Photo/Vincent Thian)

काठमाडौं – विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड २ लाख ६३ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमितमध्ये अहिलेसम्म ३ करोड १ लाख ७ हजार ५८ जना निको भएका छन् । यस्तै एकै दिन थप ३ हजार ९७१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १८ हजार १६७ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८३ लाख ८७ हजार पुगेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ८८ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ३५ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३९ हजार ४७ जनाको मृत्यु भएको छ । ७० लाख ३ हजार १८ जना संक्रमित भएकोमा ३२ लाख ४ हजार ९८ जना संक्रमणमुक्त भएका छन् ।

 

 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here