बलात्कारविरुद्ध कडा कानुन ल्याउने तयारी हुदै – प्रधानमन्त्री

0
235

काठमाडौं, ३० असाेज  । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपको खण्डन गर्नुभएको छ ।

६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भट्टराईको आरोपमा कुनै सत्यता नभएको बताउनुभएको हो ।

उहाँले गलत कुराको प्रचार गरिएको दावी गर्नुभएको छ । केही दिनअघि एक कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको बताउनुभएको थियो ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले बलात्कारविरुद्ध कडा कानुन ल्याउने तयारीमा रहेको पनि बताउनुभयो । उहाँले एसिडलगायत बलात्कार अपराधविरुद्ध कडा कानुन बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

बलात्कारजस्ता जघन्य अपराधलाई समेत मिलापत्र गराउने कार्यप्रति कडा रुपमा प्रस्तुत हुन समेत प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिनुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले प्रहरीका कमजोरीको मात्रै प्रचार गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले सीमित स्रोत साधन भएपनि प्रहरीको कार्यसम्पादन उच्च रहेको बताउनुभयो । हजारौं राम्रा कामहरुलाई नजरन्दाज गर्ने समाजले औंलामा गन्न मिल्ने कमजोरीको मात्रै प्रचार गरेको उहाँको तर्क छ । गृहमन्त्री थापाले प्रहरी आकर्षणको केन्द्र बनिरहेको दाबीसमेत गर्नुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here