दमकमा फेरी नयाँ नियम, यस्ताे छ बजार खुल्ने तालिका

0
9157

दमक  १९ भदौ, झापाकाे दमकमा  गत साउन ३१ गते राती देखीजारी गरिएको निषेधाज्ञा पर्सि २१ गतेबाट खुकुलो बन्ने भएको छ ।

नगरपालीकामा आज भएको सर्ब पक्षिय छलफलमा अब बजार तथा बित्तीय सस्था बिहान ७ बजे देखी अपरान्ह ४ बजेसम्म खुला गर्ने निर्णय भएको दमक उध्योग बाणिज्य संघका पुर्व अध्यक्ष प्रकाश प्रसाईंले जानकारी दिए ।

यसभन्दा अघि निषेधाज्ञा थप्दा बिहान ७ बजेदेखि दिउसो १२ बजेसम्म बजार खुला गर्ने निर्णय भएको थियो । अब खुकुलो बनाउँदै अपरान्ह ४ बजे सम्म बजार खुल्ला गर्ने निर्णय गरिएको उनले बताए ।

बजार खुले पनि होटल व्यवसाय खोल्न पाईने तर होटलमै ग्रहकलाई खान दिन नपाईने भएको छ । होटलमा बनाएको खानेकुरा किनेर घरैमा लगेर खाने व्यवस्था मिलाउनु पर्ने छ । त्यसैगरी बढि भिडभाड हुने कार्यक्रम र भेला गर्न पाईने छैन भने पसल सञ्चालन गर्दा मास्क र सेनिटाईजर अनिवार्य लगाउनु पर्ने छ ।

बजर खुल्ने भए पनि कोरोना संक्रमणको जोखिम कम नभएकोले भौतिक दुरी कायमै राखी व्यवसाय सञ्चालन गर्न  दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले ब्यवसायीहरुलाई आग्रह गरेका छन् ।

 दमक नगरपालिकाले अर्को निर्णय नभए 
सम्मका लागि देहायनुसार केही खुकुलो गर्ने निर्णय  गरेकाे छ । 

o दैनिक उपभोग्य सामाग्री खरिद बिक्री गर्नका लागि पसल, व्यवसायहरु बिहान ७:०० बजे देखि बेलुका ४:०० बजे
सम्म मात्र खुल्ला गर्न पाईने छ ।
o दैनिक उपभोग्य सामग्री खरिद बिक्रीका लागि तोकिएको समयमा व्यापारी, व्यवसायले भौतिक दुरी कायम हुने र
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने व्यवस्था गर्नु पर्नेछ । भिडभाड हुने गरी व्यापार, व्यवसाय गर्न पाइने छैन ।
o औषधी पसल खुल्लै रहने छन् ।
o अस्पतालहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दुरी कायम गरी विरामीका लागि सेवा सुचारू गर्ने ।
o सडक वा अन्य कुनै पनि सार्वजनिक स्थानमा कुनै प्रकारको व्यापार, व्यवसाय गर्न पाईने छैन ।
o अति आवश्यक काम नपरी घरवाहिर निस्किन र हिडडुल गर्न पाईने छैन । अति आवश्यक कामका लागि
घरवाहिर निस्किदा पनि १ जना व्यक्ति मात्र निस्किनु पर्नेछ ।
o लोकमार्गमा चल्ने अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चल्न पाउने छैनन् ।
o नगरपालिका क्षेत्र भित्र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरकारी नम्बर प्लेट भएका सवारी साधन र अनुमति प्राप्त सवारी
साधन बाहेक अन्य सवारी साधन चलाउन निषेध गरिएको छ । अति आवश्यक काम परी नगरपालिका क्षेत्र भित्र
सवारी साधन चलाउनु परेमा नगरपालिकाको अनुमति लिनु पर्नेछ । अत्यावश्यक कामका लागि कार्यालय जानुपर्ने
कर्मचारीले परिचय पत्र लगाएर मात्र आफ्नो सवारी साधन चलाउन पाउने छन् ।

o होटल व्यवसायहरुमा प्याकिङ्ग गरी दिने Take Away सेवा बाहेक अरु सेवा संचालन गर्न पाईने छैन तर
क्वारेन्टाईन वा आईसोलेसनको रूपमा अनुमति प्राप्त गरेका होटलहरू संचालन हुन सक्नेछन् ।
o कामदारलाई कार्य स्थल भित्रै सुरक्षीत रूपले राख्ने व्यवस्था गरी अत्यावश्यक निर्माण तथा उद्योग,
कलकारखाना संचालन गर्न सकिनेछ ।
o कुनै पनि प्रकारका भेला, सभा, जुलुस, जात्रा, महोत्सव पर्वमा मानिस भेला गरी भिडभाड गर्न पाईने छैन ।

o सरकारी कार्यालयबाट प्रदान गरिने सेवा र कार्यहरू भौतिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड र आलोपालो
मिलाई भिडभाड नहुने गरी गर्नुपर्नेछ ।
o मृत्यु संस्कारमा जादा २५ जना भन्दा वढी मलामी लान पाईने छैन ।
o बैंक तथा वित्तीय संस्थाहरूको कार्य संचालन भौतिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्डको पालना र आलोपालो
मिलाई कार्यालय समयभित्र गर्नुपर्नेछ ।
o वाहिरबाट आउने मालबाहक साधनहरू वेलुका ५ बजेपछि मात्र संचालन र लोड अनलोड गर्न पाईने छ ।
o सैलुन, ब्यूटी पार्लर, मसाज पार्लर तथा पार्टी प्यालेसहरु पूर्ण रुपले बन्द रहने छन् ।
o सहकारी तथा अन्य संघसंस्थाहरुको साधारण सभा हाललाई स्थगीत नै राख्नु पर्नेछ ।
o कोरोना भाईरस संक्रमण बिरुद्ध स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउने र भौतिक दुरी कायम गराउने तथा
संक्रमित ब्यक्ति उपर अवहेलना र दुर्व्यवहार हुन नदिन वडास्तरीय समन्वय समितिले सचेतना र सहजीकरण गर्ने ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here