दमकका युवाले दिए गीत मार्फत यस्ताे सन्देश ‘आत्माहत्या’ समस्याकाे समाधान हाेइन ( भिडियाे सहित )

0
586

दमक / झापा दमकका रहेकाे सांगितक समुह प्राेजेक्ट पुर्वले आफ्नाे पहिलाे प्राेजेक्ट स्वरूप सम्झना नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकाे छ ।

दमकका तिन युवा अजय धिमाल, राजिब पाठक,सुरज सुन्दासले मिलेर लेखेकाे गीतमा तिनै जनाले स्वर दिएका छन् । विश्वमा बर्षेनि ८ लाख मानिस डिप्रेसन, अध्ययनको चाप तथा अन्य धेरै कारणहरूले मर्दछन् तर अात्मा हत्या समस्याकाे समाधान हाेइन भन्ने सन्देश गीत मार्फत दिन खाेजेकाे गीतका गायक तथा लेखक अजय धिमालले जानकारी दिए ।

प्राेजेक्ट पुर्वले प्रस्तुत गरेको सो गीतको म्युजिक भिडियो आफ्नै यु ट्युब च्यालन प्राेजेक्ट पुर्व बाट सावर्जनिक गरिएको छ । गितको म्युजिक भिडियोमा गायक तथा लेखक अजय धिमाल, राजिब पाठक,सुरज सुन्दा लाइ नै देखाइएकाे छ । पुर्वि रेकर्डस् स्टुडियोमा रेकर्ड गरिएको गीतकाे संगित र मिक्सिङ ANXMU5 म्युजिकले तयार पारेकाे छ, भने म्युजिक भिडियोको निर्देशन प्राेजेक्ट पुर्वकाे टिमलेनै गरेका छन् ।

गीतको म्युजिक भिडियो फाेटाे हाउस दमकले निर्माण गरेकाे हाे । भिडियाेकाे सम्पूर्ण छायांकन तथा लाइट, कलर फाेटाे हाउसका एलिस राइ, इस्वर खड्का, दिप्सन राइ र सन्दिप भन्डारीले गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here