कृत्रिम गर्भाधानका लागि नयाँ प्रविधि

0
337

तनहुँ, १९ भदाै /  तनहुँ जिल्लामै पहिलोपटक कृत्रिम गर्भाधानका लागि नयाँ प्रविधिको प्रयोग गरिएको छ । भीमाद नगरपालिकामा कृषकले पालेका बाख्रालाई गर्भाधान गर्नका लागि नगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेको हो ।

नगरपालिकाको पशु शाखाले भीमाद नगरपालिका–९ को पाथर्दीमा कृषकले पालेका बाख्रामा डिभाइस प्रयोग गरी कृत्रिम गर्भाधान गरिएको हो । पाथर्दी र जौपानीका कृषकले पालेका बाख्रामा पहिलोपटक डिभाइस प्रविधिको प्रयोग गरी कृत्रिम गर्भाधान गराइएको पशु शाखा प्रमुख मुक्ति पौडेलले जानकारी दिए ।

यसअघि सुई (इन्जेक्सन) मार्फत् मात्रै कृत्रिम गर्भाधान गरिँदै आएकामा डिभाइसको प्रयोग गरी पहिलोपटक गर्भाधान गराइएको पौडेलले बताए । पाथर्दी र जौपानीका ३० वटा माउ बाख्रामा डिभाइसमार्फत कृत्रिम गर्भाधान गरिएको छ । उन्नत जातको बोकाको बीर्य राखिएको सिआइआरडी नामको डिभाइस बाख्राको पाठेघरको मुखमा राखेर १८ दिनपछि झिक्ने र त्यसपछि गर्भाधानको प्रक्रिया पूरा हुने पौडेलले जानकारी दिए । उनका अनुसार यस डिभाइस राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले उपलब्ध गराएको थियो । कृषकले विदेशबाट बोयर जातको बीउ बोका ल्याएर बाख्रा उत्पादन गर्दा महङ्गो पर्ने हुँदा बोकाको बीउ डिभाइसमार्फत बाख्राको पाठेघरमा पठाएर कृत्रिम गर्भाधान गराउने प्रविधि शुरु गरिएको पौडेलले जानकारी दिए ।

पाथर्दीका युवा कृषक कृषक शिवकुमार आलेले डिभाइस प्रविधिको कृत्रिम गर्भाधान पहिलोपटक भएको हुँदा धेरै कृषकहरु यसबारेमा अनभिज्ञ रहेको बताए । “नयाँ प्रविधि भएकाले यसमा कृषकलाई खासै जानकारी छैन तर प्राविधिकले भने अनुसार यो कार्यक्रम प्रभावकारी छ,” आलेले भने। जिल्ला पशु सेवा विज्ञ केन्द्र तथा भेटेरेनरी अस्पताल तनहँुका प्रमुख डा बालकुमार श्रेष्ठले बाख्राको कृत्रिम गर्भाधानमा सिआइआरडी डिभाइसको प्रयोग जिल्लामा पहिलोपटक शुरु भएको बताए। हालसम्मको प्रयोगमा ३० देखि ४० प्रतिशतको हाराहारीमा बाख्राको कृत्रिम गर्भाधान सफल भएको डा. श्रेष्ठको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here