दमकमा थप ५ जनामा कोरोना संक्रमण

0
765

दमक,  १९ भदाै/ झापाकाे  दमकमा आज थप ५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

आज ३ महिला र २ पुरुष गरि समुदायका ५ जना व्यक्तिमा संक्रमण पुष्टि भएको नगरपालीकाको स्वास्थ्य शाखाले जनाएको छ । आज संक्रमण देखिएकाहरुमा वडा नम्बर ७ का २१ र ५२ बर्षका दुईजना पुरुष, वडा नम्बर ६ का २९ ४६ बर्षका दुई महिला र वडा नम्बर ८ का ६२ बर्षिय एक महिला रहेका छन् ।

उनिहरु सबै समुदायका व्यक्तिहरु रहेको बताईएको छ । आज थपिएका संगै गरी दमकमा कुल संक्रमितको संख्या १ सय ११ पुगेको छ । उनिहरु मध्ये ५६ महिला र १३ पुरुष गरी ६९ जना संक्रमित उपचार पछि निको भएका छन् । अहिले दमकका ४२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here