बाणिज्य संघको अगुवाईमा दमकमा पिसिआर मेशिन खरिदका लागि बन्यो समिति

0
734

​दमक,१३ भदौ / पिसिआर मेशिन खरिदका लागि झापाको दमक उद्योग बाणिज्य संघले पहल गर्ने भएको छ ।

आज बसेको संघको बैठकले दमकमा पनि कोरोनाको महामारी फैलिएको तर समयमा नै रिर्पोट नआएकाले समस्या उत्पन्न भएको भन्दै दमकमै पिसिआर मेसिन खरिद गरी सञ्चालन गर्न संघले अगुवाई गर्ने निर्णय गरेको हो ।​त्यसका लागी संघका पुर्वअध्यक्ष प्रकाश प्रसाईको संयोजकत्वमा एक समिति गठन गरिएको छ । यस्तै समितीको सदस्यहरुमा राजकुमार योङ्गया, दिनेश सुवेदी, खोम बगाले, प्रकाश अधिकारी, सुधिर प्रधान,केशव अधिकारी , गौतम गुप्ता, युवराज खनाल सागर रहेका छन् । समितिबाट २ सदस्य थप गरी सो समितिलाई ११ सदस्यीय बनाउन सक्ने निर्णय गरिएको छ ।

दमकमा समेत कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या बढिरहेको सन्दर्भमा यसको प्रभावसमुदायस्तरमा समेत देखिएकोमा दमक क्षेत्रमा कोरोना भाइरस संक्रमणको परिक्षण गर्ने पिसिआर मेशिन नभएका कारण परिक्षणका लागि दमक बाहिर पठाउनु पर्ने भएको र समयमा रिपोर्ट आउन समेत ढिलासुस्ति हुँदा अन्य समस्या उत्पन्न भएको संघ अध्यक्ष गोकुल श्रेष्ठले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here