प्रदेश १ मा थप १ सय १२ जनामा कोरोना संक्रमण

0
293

विराटनगर,१३ भदौ प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९÷१९जना, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
​विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० जना महिला र ११ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको कटहरीमा १५ , पथरी शनिश्चरेमा ७ ,सुन्दरहरैचामा २ , बेलबारी र सुनबर्षीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सुनसरीको इटहरीमा ९, दुहवीमा ९, धरानमा ६ , झापाको दमकमा १६ , झापा गाउँपालिकामा ३, धनकुटा नगरपालिकामा १९, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ । प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार २ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ८६ हजार ४ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here