दमकमा एउटै वार्डका ७ जना सहीत १६ जनामा कोरोना संक्रमण

0
2176

दमक,१३ भदौ / दमकमा शनिवार मात्र १६ जनामा कोरोना पोजेटिंभ पुष्टी भएको छ ।

गत भदौ ०९ गते दमकका २०० जनाको पि. सि. आर. (स्वाव) जम्मा गरी परीक्षणको लागि वि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा १२ गते १७६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

बाकी २४ जनाको रिपोर्ट आउन बाँकी रहेको थियो । ती मध्ये आज प्राप्त रिपोर्ट अनुसार दमक नगरपालिका वडा नं.१ का २५ वर्षिय पूरुष, ३० वर्षिय र ५० वर्षिय महिला, वडा नं.४ का ४३ वर्षिय पूरुष, वडा नं. ५ का ७९ वर्षिय पूरुष र ८० वर्षिय महिला, वडा नं. ६ का ३४ बर्षिय पूरुष, वडा नं. ७ का ३७ वर्षिय पूरुष वडा नं. ८ का २०, २४ र २६ वर्षिय पूरुष, २३, २७, ५३ र ५४ वर्षिय महिला र ईलाका प्रहरी कार्यालय दमकका १ जना २१ वर्षिय पूरुष कर्मचारी गरि जम्मा १६ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ र बाँकि ८ जनामा नेगेटिभ देखिएको दमक नगरपालिकाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here